Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ । आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताउनुभयो ।

उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ । ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ,’ उहाँले भन्नुभयोे । हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ । युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ । हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ ।

बुधबारदेखि आयात : आयल निगमका अनुसार आइओसीको डिपोबाट बुधबारदेखि नै युरो–४ मापदण्डको इन्धन आयात सुरु भएको हो । तर, नियमित आएको छैन । ‘बुधबारदेखि युरो–४ को इन्धन आइओसीको केही डिपोले छिटपुट रूपमा दिएका हुन,’ प्रवक्ता पोखे्रलले भन्नुभयो, ‘तर, सम्झौताअनुसार शनिबारदेखि आधिकारिक रूपमा आउन थालेको हो र अब नियमित रूपमा यही गुणस्तरको इन्धन आउँछ ।’ एक साताअघि मुम्बईमा भएको इन्धन खरिद सम्झौता नवीकरणमा १ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन आयात हुने व्यवस्था थियो ।

कहाँबाट आउँछ ? : आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर, अमलेखगन्जसम्म इन्धन आउँछ । सिलगुढीबाट निगमको झापामा रहेको डिपोमा इन्धन आउँछ । त्यस्तै, रक्सोलबाट अमलेखगन्जसम्म र त्यहाँबाट काठमाडौं, जनकपुर र मन्थलीसम्म इन्धन ढुवानी हुन्छ । आइओसीको बेतालपुर डिपोबाट भैरहवा र पोखरामा तथा गोन्डा डिपोबाट नेपालगन्ज, सुर्खेत र दाङमा इन्धन पुग्छ । आइओसीको इलाहाबादमा रहेको बन्थारा डिपोबाट धनगढी र दिपायलमा इन्धन ढुवानी हुन्छ । सबै डिपोबाट युरो–४ इन्धन ढुवानी हुने निगमले जनाएको छ ।

युरो–४ को फाइदा : युरो–४ मापदण्डको इन्धन प्रयोग गरिएको सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । सवारीसाधनको माइलेज क्षमता बढ्छ । यो इन्धनले इन्जिनको घर्षणलाई कम गरी इन्जिन बिगार्न दिँदैन र इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ, जसबाट सवारीसाधनको पावर र पफरमेन्स उत्कृष्ट हुन जान्छ । यसले इन्जिनको भित्री भागलाई सधैँ सफा राख्छ ।

युरो–४ उत्पादन गर्न तुलनात्मक रूपमा बढी प्रशोधन प्रक्रिया सञ्चालन गर्नुपर्छ । त्यसैले मूल्य बढी पर्न जान्छ । अहिले नेपाली बजारमा युरो–४ मापदण्डका धेरै नयाँ सवारीसाधन भित्रिसकेका छन् । विशेषगरी डिजेल इन्जिनयुक्त गाडीलाई धेरै फाइदा पुग्छ ।

युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउँछ । त्यस्तै सवारीसाधनको आयुसमेत बढ्छ । ‘युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भन्नुभयो ।

मुख्य फाइदा : युरो–४ इन्धन प्रयोग गर्दा सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । साधनको माइलेज बढ्छ ।
प्रतिलिटर ४१ पैसा महँगो : युरो–४ मापदण्डको पेट्रोल र डिजेलको मूल्य साबिकको भन्दा प्रतिलिटर ४१ पैसा महँगो परेको निगमका निमित्त नायव प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । ‘मूल्यमा थोरै मात्रै अन्तर पर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको तुलनामा वातावरणमैत्री र माइलेजका हिसाबले धेरै गुणा फाइदाजनक छ ।’ आयात हुनेमध्ये ७० प्रतिशत इन्धन सवारीसाधनमा खपत हुने भएका कारण माइलेजका लागि फाइदाजनक हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया