Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । संयुक्त राष्ट्र संघीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भने, ‘यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।’ गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।

डब्लुएचओका अनुसार मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ । मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण वर्षेनी हजारौँ मान्छेको ज्यान जाने गरेको छ ।

तपाईको प्रतिक्रिया