Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएका छन् । आवेदकमध्ये ६५ हजार ८१ पुरुष र ९ हजार ७ सय ३६ महिला छन् ।

कृषिमा बढी
यसपाली आवेदक मध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक रहेको छ । कुल आवेदकमध्ये ५४ हजार ७ सय ८७ ले कृषि क्षेत्रमा आवेदन दिएका छन् । कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार १ सय ७० रहेको छ ।

त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ४० ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिने २२ हजार ४ सय ७० पुरुष र बाँकी महिला छन् ।

खर्चमा कटौती
अनलाईन प्रणालीले आवेदक र कार्यलयको खर्चमा कटौती भएको छ । आवेदन संकलनका लागि मात्र यसअघि ३ करोड ५० लाख रुपैंया खर्च हुने गरेको अधिकृत भण्डारीले बताउनुभयो । कर्मचारी, सुरक्षा निकाय परिचालन, आवेदन ब्यस्थापन र स्टेशनरी जस्ता शीर्षकमा करोडौं खर्च हुँदै आएको खर्चमा अनलाईन प्रणालीले सो रकम कटौती भएको हो ।

अनलाईनले आवेदकको पनि करोडौं रुपैंया बचत भएको छ । यस अघिका संस्करणहरुमा आवेदकले खान, बस्न, यातायात गरेर औसतमा ५ देखि १० हजार रुपैंया खर्च गर्थे ।
यसपाली भने ईन्टरनेटको सुविधा भएको ठाउँबाट बढिमा ५ सय रुपैया मै आवेदन दिन पाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया