Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ । अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मृगौला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले यही चैत ९ गते सफल प्रत्यारोपण गरेको हो ।

अस्पतालका मृगौला प्रत्यारोपण समूहमा नेफ्रोलोजी समूहमा डा शाहको नेतृत्वमा डा महेशराज सिग्देल, डा मुकुन्द काफ्ले , डा मिदान श्रेष्ठ, डा प्रेमराज ज्ञवाली ९विभागीय प्रमुख०, डा उत्तमकुमार शर्मा, डा पवनराज चालिसे र डा भोजराज लुइँटेल सर्जन हुनुहुन्छ । जसको अथक मेहनतले यो प्रत्यारोपण सम्भव भएको हो । काठमाडौँ सीतापाइलाकी सुलोचना श्रेष्ठको बुबाको मृगौला प्रत्यारोपण गरिएको हो । अहिले उहाँलाई घर पठाइसकिएको छ । ‘ओ’ रगत समूह सुलोचनाको र ‘ए’ रगत समूह उहाँको बुबा श्यामकृष्ण श्रेष्ठको रगत मिलाएर इन्कम्प्याटिबल प्रत्यारोपण गराएको हो । यसका लागि सुलोचनालाई ‘प्जाज्मा फेरोसिस’ गरी प्रत्यारोपणका लागि तयार गरिएको थियो ।

प्रत्यारोपण समूहका सदस्य सर्जन डा पवनराज चालिसेका अनुसार मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको रगत समूह एकै हुनुपर्छ । हाम्रो देशमा अहिलेसम्म यही आधारमा प्रत्यारोपण हँदै आएको थियो । फरक रक्त सूमहको मृगौलालाई शरीरको ‘एन्टी बडी’ले सपोट गर्दैन । “फरक रक्त समूहका मृगौलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निष्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ । रक्त समूह नमिल्ने भएकाले प्रत्यारोपण गर्नेमा उच्च दक्षताको जरुरी हुन्छ । लामो समयको तयारीपछि हामीले सफल प्रत्यारोपण गरेका हौँ”– उहाँले भन्नुभयो ।

मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले आफ्नै नातेदारबाट मात्र मृगौला लिन सक्छ जुन हाम्रो देशको कानुनले सीमा निर्धारण गरेको छ । जसका लागि एकै रक्त समूह हुनुपर्छ । यस्तो अवस्थामा मिर्गौला दिन चाहेर पनि रक्त समूह नमिलेका कारण दिन नसकिरहेका अवस्थामा यस्तो खालको फरक रक्त समूहको प्रत्यारोपणले मृगौला रोगीमा नयाँ आशा जगाएको छ ।

अहिले भइरहेको भन्दा केही झन्झटिलो र अलि महँगो विधि भए पनि यसले रक्त समूह नमिलेर डाइलासिसमा मात्र बसिरहेका बिरामीलाई प्रत्यारोपण गर्नसक्ने नयाँ बाटो खोलेको छ । डा चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि रक्त समूह नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकालाई यो प्रविधि नयाँ आशा हो ।

तपाईको प्रतिक्रिया