Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ । मंगलबार बिहानपख खुलेको आकाश १० नबज्दै धुम्मिएको थियो ।

विभागले सोमबार गरेको पूर्वानुमानअनुसार मंगलबार केही स्थानमा छिटफुट वर्षा हुने देखिए पनि बुधबार भने ३२ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । त्यो पनि अपराह्नपछि साँझसम्मै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो कुन ठाउँमा हुने वर्षा हो भन्ने विषयमा महाशाखा मौसमविद्हरू नै अन्योलमा परेको देखिन्छ । केही मौसमविद् यो सामान्य प्रक्रिया भएको र अहिले मौसमले नै झुक्याएको बताउँछन् । मौसमविद्का अनुसार सामान्यतः मार्च अर्थात् फागुन–चैत मेघ गर्जनसहित वर्षात् हुने मौसम भए पनि पछिल्ला वर्षमा त्यस्तो वर्षा हुन छाडेको थियो । अघिल्ला वर्षको तुलनामा यस महिनामा बढी नै वर्षात् भएको छ ।

‘वर्षात् मात्र होइन, लामो समयसम्म बदली गराउने प्रणालीको विकाससमेत गराएको छ,’ वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘मार्चको उत्तराद्र्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बदलीसँगै वर्षा भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन । खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ ।’

मार्च महिना बढी पानी पर्ने समय भए पनि यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा नभएको भन्दै उनले उपत्यकामा झन्डै दोब्बर वर्षा भएको बताए । सामान्यतः मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुने गरेकामा मंगलबार ६५ मिलिमिटर वर्षात् भइसकेको छ । यो अझै केही दिन लम्बिने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसम बदलीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको असिना र वर्षा भएको छ । अर्कातर्फ वायुमण्डलका तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ ।

जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताउनुभयो । ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भागमा वायुमण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ,’ उहाँले भन्नुभयो, ‘तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन ।’ यस प्रणालीले मध्य र पूर्वी भागमा असर गरे पनि पश्चिमी भागमा खासै बदली हुने देखिँदैन ।

पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बदली गराएको मौसमविद् अर्यालको भनाइ छ । उहाँका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई–चार दिन बदलीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बदली रहनेछ । अहिले प्री–मनसुन पनि चलिरहेको छ । मार्च, अप्रिल र मे महिना प्री–मनसुन अवधि हुन् । जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ ।

मौसमविद् श्रेष्ठले लामो समयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी ल्याउने सम्भावना रहेको बताउनुभयो। नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ ।

‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ । यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिनचाहिँ अनुसन्धान नभई भन्न सकिन्न,’ मौसमविद् श्रेष्ठले भने, ‘नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ ।’ मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया