मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – पोखराका युवा वैज्ञाजिनक विकल्प ढुंगानाले मादक पदार्थ सेवन गरेका बेला नचल्ने मोटरसाइकलको आविष्कार गरेका छन्। उनले आविष्कार गरेको मापसे सेन्सर जिल्ला ट्राफिक कार्यालय कास्कीको रोहवरमा ग ८ प ८९४० नम्बरको कालो रङको सुपर स्प्लेन्डर मोटरसाइकलमा प्रयोग गरिएको छ।

विकल्पका अनुसार प्रयोग सफल भएपछि ट्राफिक प्रहरी महाशाखाले यसबारे अनुसन्धान गरिरहेको छ। विकल्पले हेलमेट र मोटरसाइकलमा राखिने अल्कोहल डिटेक्टर सात हजार रुपैयाँसम्मको लागतमा तयार हुने जानकारी दिए। उनका अनुसार हेल्मेटको अगाडि अल्कोहलको गन्धलाई सेन्सर गर्ने मेसिन राखिन्छ र त्यसको सम्बन्ध मोटरसाइकलको इन्जिनमा लगेर जडान गरिन्छ।

‘रक्सीको गन्ध आउनेवित्तिकै हेल्मेटको सेन्सर इन्जिनमा जान्छ र मोटरसाइकल स्टार्ट हुँदैन,’विकल्पले भने।

तपाईको प्रतिक्रिया