Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

ललितपुर – तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो । तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उहाँकी पत्नी र दुवै छोरीको मृत्यु भएको थियो ।

मृतक दिनेशको घरनजिकैको घरमा उहाँका भाइ र आमा बस्छन् । करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ । दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ । ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो । धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ । ‘सोच्दै नसोचेको घटना भयो । उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं’, दिनेशका काकाका छोरा धापाखेलका मनोजले भन्नुभयो ।

दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किनुभएको थियो । स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुनुहुन्थ्यो । धनमाया बराल फाउन्डेसनका अध्यक्ष उहाँमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो । ‘उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो । पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो’, दिनेशका पुरोहित मिलन अधिकारीले भन्नुभयो । ‘दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो ।

दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुग्नुभएको थियो । दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो । चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आउनुभएको थियो ।

स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो । दीक्षा पढाइमा अब्बल हुनुहुन्थ्यो । जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएकी उहाँ प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याउनुभएको थियो । उहाँले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढ्नुभएको हो । दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्नुहुन्थ्यो । उहाँ पनि ‘फाइनल एक्जाम’ दिएर बस्नु भएको थियो । ‘हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं’, स्थानीय पूर्ण थापाले भन्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया