Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन ।

ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली युवाका लागि स्वदेशमै सानो लगानीबाट सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् । खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखेपनि अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लाग्नुभयो । कतारबाट फर्केपछि उहाँले एक रोपनी जग्गामा तरकारीखेती सुरु गर्नुभयो । त्यसबाट वार्षिक रु। एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोे गाहाले बताउनुभयो ।

विदेशमा दुःख गरी आम्दानी गर्नु भन्दा गाउँमै घरपरिवारसँग रमाउँदैं तरकारीखेती गर्न सहज भएको स्थानीय युवा बताउँछन् । खानीछाप– ५ का पूर्णबहादुर गाहाले पनि दुई रोपनी जग्गामा तरकारीखेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले आफ्नै बारीमा काउली, बन्दा, गोलभेँडालगायतका तरकारी गरेका छन् । तरकारी उत्पादनबाट उनले सबै खर्च कटाएर वार्षिक लगभग रु। एक लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा गएका युवा घर फर्केर तरकारीखेती गर्न थालेसँगै गाउँमा बस्ने युवाको सङ्ख्यामा बृद्धि भएको छ ।

यहाँ उत्पादित तरकारी सदरमुकाम तानसेन, राम्दी र स्याङ्गजा जिल्लामा निकासी हँुदै आएको आदिवासी जनजाति गाउँ समन्वय समिति खानीछापाका संयोजक लक्ष्मण गाहाले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केका युवा तरकारीखेतीबाट आम्दानी गर्दै गाउँमा बस्न थालेपछि उनीहरुले सामाजिक काममा देखाएको अग्रसरताले सामाजिक विकृति रोक्नमा समेत सहज भएको स्थानीयवासीको दावी छ ।

तपाईको प्रतिक्रिया