मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – काभ्रेको सानोबाङ्थली–७ गोदामचौरमा बोक्सीको आरोपमा हत्या गरिएकी स्व. लक्ष्मी परियारको टुहुरा बालबालिकाको शैक्षिक पहुँच अगाडि बढाउन सिर्जनशील उत्पीडित समाज जापानले सहयोग गरेको छ । स्व. लक्ष्मी परियारको करिब ४ महिना अघि बोक्सीको आरोपमा मलमुत्र खुवाई अमावीय एवं क्रुर ढंगबाट हत्या गरिएको थियो ।

जापान मनि एक्सप्रेश मार्फत संस्थाका अध्यक्ष गणेश रिजाल ’चिन्तन’, सल्लाहकार संयोजक हिरा रसाईली र सदस्य दीपक सुनारबाट जापानी येन १२९७०६ र बालबालिहरुको अभिभावक तथा दलित महिलाकर्मी सरु सुनारको नाममा संकलित रकम नेपाल पठाएको हो ।

सो रकम नेपालमा पत्रकार सम्मेलन गरी सम्बन्धित टुहुरा बच्चाहरुको बैंक खातामा जम्मा गरिदिने पनि संस्थाका अध्यक्ष गणेश ’चिन्तनले’ बताउनुभयो ।

तपाईको प्रतिक्रिया