बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं– सरकारले पोलियो थोपा खुवाउन छुटेका १५ जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई शनिबार र आइतबार पोलियो थोपा खुवाउँदैछ ।

यसअघि स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित रहेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, बारा, पर्सा, रौतहट, सिरहा, धनुषा, महोत्तरी, सप्तरी र सुनसरी गरी १५ जिल्लामा पोलियो थोपा खुवाउन लागिएको हो ।

सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई पोलियो थोपा खुवाउने काममा अवरोध नगर्न आग्रह गरिसकेको छ । पोलियो थोपा खुवाउने काममा बाधा पुर्याए त्यस्ता स्वास्थ्यकर्मीलाई हदैसम्मको कारवाही हुने वाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

अहिलेसम्म ती जिल्लामा पोलियो थोपा खुवाउने काम भैरहेको र सुरक्षाकर्मी समेत परिचालन गरिएको स्वास्थ्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया