आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् ।

नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिने घोषणा गर्नु भएको थियो । बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली टोलीका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि पहल गर्न माग गर्नु भएको थियो ।

लगतै प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक पहल गर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया