बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – हामी सबैलाई थाहा छ पुलिसको काम नै अपराधीको बयान लिने हो । तर भारतको पुलिस यस मामिलामा अलि अगाडी नै देखिने गर्दछ । कहिले कुखुरालाई जेलमा थुन्ने त कहिले भैँसीलाई अदालतमा उपस्थित गराउने गर्दछ । 

यस्तै यसपटक भारतीय पुलिसले भैँसीको बयान लिएर अर्को कीर्तिमान कायम गरेको छ । केही समयअघि भारतको हरिद्धारमा एक भैँसीमाथिको स्वामित्वको विवाद पुलिसकोमा पुगेको हो । उक्त भैँसी आफ्नो भनेर दुईजना मानिसले दाबी गरेपछि पुलिसलाई भैँसीको मालिक को हो ? भनेर छुट्टाउन सकस भयो । आखिर दुई झगडीया सचिन र रमेशले दाबी नछाडेपछि पुलिसले भैँसीको खास मालिक को हो ? भनेर फैसला गर्ने जिम्मा भैँसीलाई नै दियो ।

सचिनले आफ्नो भैँसी हराएको र हराउनेबित्तिकै पुलिसकोमा उजुरी दिएको भन्यो । उता रमेशले भने आफूसँग भएको उक्त भैँसी सचिनको हराएको भैँसी नभई आफूले जुल्फिकार नामक व्यापारीसँग किनेको दाबी गर्यो । जुल्फिकारसँग कुरा गर्दा समेत रमेशले भैँसी किनेको तथ्य सही ठहरियो । भैँसी त किनेको हो, तर किनेको भैँसी चाहीँ त्यो हो कि होइन भन्ने कुरा छुट्टिएन । यस्तो अवस्था आएपछि पुलिसले एक जुक्ति निकाल्यो ।

पुलिसले भैँसीलाई उसको मालिक आफै छुट्टाउने जिम्मा दियो । तिम्रो मालिक को हो ? उसैकोमा जाऊ भनी भैँसीलाई पुलिस चौकी नजिकैको चौबाटोमा लगेर छाड्ने सहमति भयो । भैँसी रमेश र सचिनमध्ये जसको मा जान्छ, उक्त भैँसीको मालिक सोही नै हुने भनी पुलिसले गरेको निर्णय दुबैजनाले माने ।

भैँसीलाई चौबाटोमा लगेर सोधियो, तेरोे मालिक को हो ? उसको घरमा जा । त्यसपछि भैँसीलाई छाडियो । तर उक्त भैँसी कसकोमा गयो भन्ने चाहीँ खुलेको छैन । तर भैँसीको बयान लिने यो अचम्मको निर्णयले समस्याको भने समाधान निस्कियो ।

तपाईको प्रतिक्रिया