सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना स्पेसिन किङ्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका छन ।

तर, पहिलो लेगमा हात पारेको २-१ को जितको मद्दतले बार्सिलोनाले यो खेल समग्रमा ३-२ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । रातीको खेलमा बार्सिलोनाका लुईस सुवारेजले पहिलो गोल गरेपनि, एथ्लेटिकोका गामिएरोले एक गोल फर्काएपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

तनावपूर्ण खेलमा बार्सिलोनाका दुई तथा एथ्लेटिको मड्रिडका एक खेलाडीले रातो कार्ड पाएका थिए । बार्सिलोनाका गोलकर्ता सुवारेज र सर्जी रोबेर्टोले रातो कार्ड खाँदा एथ्लेटिको मड्रिडका क्यारास्को पनि रातो कार्डको शिकार भए । बार्सिलोनाले अब उपाधिको लागि आलाभेज वा सेल्टा भिगोमध्ये एक टोलीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया