मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – कवि शम्भुकुमार मिलनको यात्राकाव्य ‘आँखामा जापानः मनमा नेपाल’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री राम कार्कीले विमोचन गर्नुभयो । 

कार्यक्रममा कार्कीले सर्जकहरुलाई मरोपरान्त होइन, जिउँदोमै सम्मान गर्ने परिपार्टी बसाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता हृदयलाई छुनेखालको हुनुपर्नेमा जोड दिँदै कवि शम्भुकुमारको यात्राकाव्य पठनीय भएको बताए ।

६ ओटा सर्गहरुमा विभक्त यात्राकाव्यमा कविको जापान यात्राको सन्दर्भ र अनुभूतिलाई पद्यात्मक अभिव्यक्तिमा उतारिएको छ । दृष्टिविहीन कवि शम्भुकुमारको यो नवौं कृति हो ।

गीतिसंग्रहहरु सौगात, अस्तित्व र कवितासंग्रह यात्रा, धोको, जिजी विषाल गायतका कवि शम्भुकुमारका आठओटा कृतिहरु बजारमा आइसकेका छन् ।

तपाईको प्रतिक्रिया