शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

नेपालगन्ज – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।

निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भन्नुभयो ।काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भन्नुभयो ।

जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया