मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – इटालीमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । इटालीको उत्तरी क्षेत्रमा स्कूले बालबालिका बोकेको बस दुर्घटना भएको सरकारी अधिकारीले बताएका छन् ।

हंगेरीका विद्यार्थी बोकेको बस भेरोना नजिक बाटो छेउको पोलमा ठोक्किएको हो । घटनामा अन्य ३९ जना घाइते भएको इटालीको राष्ट्रिय अग्नि नियन्त्रण कार्यालयले जनाएको छ । फ्रान्सको बुडापेस्टमा माउन्टेन होलिडे मनाएर फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

बसमा धेरै जस्तो १४ देखि १८ वर्षका छात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया