मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं –आयोजक सहारा क्लबले १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा ठाउँ पक्का गरेको हो ।

एकतर्फी खेल खेलेको सहाराका लागि मार्टिन्सले २ तथा पिटर र रिचर्ड पुनले एक–एक गोल गरे । विजयी सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम, भारतसँग खेल्नेछ । युनाइटेड सिक्किम, बंगलादेशी क्लब, त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।

प्रतियोगिताको दोस्रो खेलमा बुधबार सशस्त्र प्रहरी र धरान फुटबल क्लब खेल्नेछन् । १२ टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार जित्नेछन् ।

तपाईको प्रतिक्रिया