शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं  – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ ।

बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् । नयाँ विधि अनुसार गरिने पिसाब परीक्षणबाट मानिसलाई खानपिन सम्बन्धी सुझाव दिन सजिलो हुने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

पिसाब परीक्षणको यो नयाँ विधि अबको दुई वर्षभित्र सार्वजनिक प्रयोगमा ल्याउन सकिने अनुसन्धानकर्ताले बताएका छन् । यो परीक्षणबाट शरीरको तौल घटाउन आवश्यक रहे नरहेको पनि सल्लाह दिन सकिनेछ । विश्वमा खानपानकै कारण विभिन्न समस्या निम्तने गरेको छ ।

पिसाब परीक्षणको यो नयाँ तरिका खानपानकै कारण विभिन्न स्वास्थ्य समस्य भोगिरहेका व्यक्तिका लागि उपयोगी हुने अनुसन्धानकर्ताको भनाई छ ।

पिसाब परीक्षणबाट कुन खानाका कारण कुन रसायन निस्कियो भन्ने पत्तालगाउन सकिने ल्यान्सेन्ट डाइबिटिज एण्ड इन्डोक्रिनोलोजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया