शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – मगरहरुले आफ्नो राष्ट्रिय चाड मगर माघे संक्रान्ती पर्व काठमाडौंको खुल्लामञ्चमा भव्यताका साथ मनाउँदै छन् ।

काठमाडौं उपत्यकामा मगर माघे संक्रान्ती मूल आयोजक समिति, नेपाल मगर संघले शुभकामना आदानप्रदान तथा बृहत् मगर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

मगरहरुको मूल थलो मगराँत लगायत विभिन्न ठाउँमा मनाउँदै छैन् । माघ १ गते एकदिन मनाइने यो राष्ट्रिय चाड आफन्तहरुबीच भेटघाट गर्ने अवसर पनि हो । यस पर्वमा मगर चेली पुज्ने गरिन्छ ।

पाल्पा, गुल्मी, स्याङ्जा, रुकुम तथा रोल्पा लगाएतका मगर बाहुल्य रहेका जिल्लाहरुमा यो पर्व भब्य रुपमा मनाउने चलन रहेको छ । केही वर्षयता यो चाड काठमाडौँ उपत्यकामा पनि भव्यताका साथ मनाउन थालिएको छ ।

काठमाडौं उपत्यकामा भएका मगरहरु खुल्लामञ्चमा जम्मा भएर वर्षेनी बिशेष कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउँन थालेका छन् ।

तपाईको प्रतिक्रिया