बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – फेसबुकले बैंककका प्रयोगकर्तालाई बिस्फोट हुन सक्ने भन्दै सचेत गराएको छ । फेसबुकले गल्तिले थाइल्याण्डको राजधानी बैंककमा विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो ।

‘सेफ्टी चेक’ फिचर एक्टिभेट गरेका बैंकका प्रयोगकर्तालाई फेसबुकले विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो । फेसबुकको ‘फेफ्टी चेक’ फिचरले डेन्जर जोनमा रहेका प्रयोगकर्तालाई सचेत रहन आग्रह गर्दै सूचना दिन्छ । फेसबुकले आफ्नो विश्वसनीय तेस्रो पक्षलाई घटनाको पुष्टि गर्न भनेको थियो ।

तर बैंककमा त्यस्तो कुनै विस्फोटको खतरा नरहेको पुष्टि भयो । यो बेलासम्म धेरैले बैंककमा विस्फोट भएको गलत समाचार सेयर गर्न थालेका थिए । फेसबुकले गलत समाचार पनि सेयर गर्न दिने गरेको भन्दै पछिल्लो समय आलोचना हुँदै आएको छ ।

मंगलबार प्रदर्शनकारी सरकारी भवनमा पटाका फ्याँकेका थिए । यसैले सेफ्टी चेक अलर्ट गएको फेसबुकले दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया