Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – के तपाईंको घरमा रहेका टेलिभिजन, गेम खेल्ने मेसिन तथा अन्य इन्टरनेटसँग जोडिने उपकरणहरु सुरक्षाको दृष्टिकोणले खतरनाक सावित हुन सक्छन् ?
इन्टरनेट संजालसँग सम्बन्धित विषयमा युरोपमा काम गर्ने संस्था एनिसाले हालै प्रकाशित गरेको एक रिपोर्टले आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ ।

रिपोर्टअनुसार केही देशका सरकारहरुले सर्वसाधारणका घरमा प्रयोग हुने इन्टरनेटजडित उपकरणहरुमा यस्ता डिभाइस जडान गरेको छ, जसबाट सरकारले सर्वसाधारणका गतिविधिमा निगरानी गर्न सकोस् ।

यस्ता उपकरणहरुलाई ब्याकडोर डिभाइस भनिन्छ । कम्पनीहरुका लागि डिजिटल सिंगल मार्केट अर्थात् एकलौटी बजारमा काम गर्नका लागि यस्तो गर्नु सायद जरुरी छ । तर यस्ता उपकरणमा जडित डिभाइसहरुबाट प्राप्त डाटाहरु गलत हातमा परेमा त्यसले सर्वसाधारणमा खतरा उत्पन्न गराउन सक्ने रिपोर्टले जनाएको छ ।

एनिसाकाअनुसार यस्ता डिभाइसको जडानले जो फाइदा हुन्छ, त्यसको निकै धेरै बेफाइदा पनि हुन सक्छ । ब्याकडोर डिभाइसका कारण निर्दोष मानिसहरु साइबर क्राइमका सिकार हुनसक्छन् । यसका साथै यदि तपाइँ विदेशी उपकरणको प्रयोग गर्नुहुन्छ भने त हुनसक्छ तपाइँको निजी जानकारी विदेशी कम्पनी तथा सरकारको हातमा पुग्दछ ।

जसबाट सत्रुराष्ट्रले ती जानकारीको गलत प्रयोग गर्न सक्दछ । त्यसैले त्यस्तो डिभाइसले केवल आम मानिसका लागि मात्र नभै पूरै देशका लागि समेत खतरा पैदा गर्नसक्दछ । रिपोर्ट अनुसार साइबर अपराधको सिकार भएका मानिसहरु उल्टै सजायँको भागिदार बन्दछन् ।

किनकी उनीहरुका उपकरण कुनै गलत कामका लागि प्रयोग भएका हुन्छन् । अपराधीले अरुका निजी तस्वीर तथा भिडियो चोरी गरी लिक गरिदिन सक्दछ । साथै कसैको धनसम्पत्तिको जानकारी पनि कुनै अपराधीको हातमा पुग्नसक्दछ र व्यक्तिको गोपनीयता संकटमा पर्दछ ।

गत वर्ष पनि यो विषयमा बहस भएको थियो जब एफबीआइले अमेरिकामा एप्पललाई एक अपराधीको आइफोन अनलक गर्न गरेको आग्रह एप्पलले अस्विकार गर्यो । एप्पलले यस्तो सम्भावनालाई लिएर सरकारसँग असहमत भएको थियो की जुन ब्याकडोरको माध्यमबाट सरकारले अपराध पत्ता लगाउँछ सोही तरिकाको गलत प्रयोग अपराधी पनि गर्न सक्दछन् ।

कुनै पनि कम्पनी आफ्नो गोपनीयता नीति अन्तरगत आफ्ना ग्राहकसँग बाचा गर्दछन् की, उनीहरुका निजी जानकारीहरु सार्वजनिक गरिने छैनन् । त्यसैले यदि उसले सरकारको आग्रह मुताविक कुनै पनि डिभाइसका माध्यमबाट यस्तो जानकारी सार्वजनिक गरेमा त्यो गोपनियता नीतिको उल्लंघन हुन्छ ।

सोही कारणले गर्दा एफबीआइलाई सहयोग गर्न एप्पलले ठाडै अस्विकार गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया