Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

facebook

काठमाडौं – प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक संजालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ ।
केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक बटुल्दै छ । त्यस्तै अर्को नाम चलेको अनलाइन साइटले स्वास्थ्यमन्त्री गगन थापाको तस्बिर राखेर आफ्नो फेसबुक पेजको खुलेआम विज्ञापन गरिरहेको छ । फेसबुक पेजको लाइक बढाउन पैसा तिरेर प्रवर्द्धन गर्दा यस्ता विशिष्ट व्यक्तिका तस्बिर वा विवरण राखेर विज्ञापन गर्ने प्रवृत्ति बढ्दो छ तर यस कार्यप्रति सम्बन्धित व्यक्ति र निकाय मौन छन् ।

राजनीतिक दलका चर्चित नेता, सभासद, कलाकार, समाजसेवी र समाजमा प्रतिष्ठित व्यक्तिका नक्कली एकाउन्ट अनगिन्ती संख्यामा भेटिन्छन् । त्यस्तै पूर्व प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तिको समेत फेसबुकमा त्यस्तै नक्कली एकाउन्टको संख्या दर्जनभन्दा बढी छ ।

महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ३०९ उजुरी साइबर अपराधमा परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ६५० उजुरी परिसकेका छन् । महाशाखाका अनुसार नेपालमा साइबर अपराधमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको छ । ***

तपाईको प्रतिक्रिया