Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

kp oli

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रहितविरोधी संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा छलफल गर्न योग्य नभएको जनाई फिर्ता लिनुपर्ने अडान राखेको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रहितविरोधी संविधान संशोधन प्रस्ताव अघि बढाइएकाले संसदमा छलफल हुन नसक्ने एमालेले स्पष्ट पारेको छ ।
‘संसदमा जे छलफल गर्न योग्य छ, त्यो विषयमा मात्रै छलफल हुन्छ, सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव छलफल गर्न योग्य नै छैन,’ आइतबार सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले पार्टीको धारणा प्रष्ट पार्दै भने, ‘संविधान विरोधी, अदालतको अपहेलना गर्दै आएको राष्ट्रघाती प्रस्ताव संसदमा छलफल हुन अयोग्य छ, त्यसकारण सरकारले फिर्ता लानुपर्छ, छलफल हुन सक्दैन ।’
ओलीले रुपान्तरिक व्यवस्थापिका–संसदले संविधानका अन्य विषयमा संशोधन गर्न सक्ने भए पनि सीमांकनको विषयमा संशोधन गर्नै नसक्ने प्रष्ट पारे । ‘रुपान्तरिक व्यवस्थापिका–संसदको लिमिटेसन छ, यसले सीमांकन चलाउन सक्दैन, यस्तो संविधानविरोधी प्रस्ताव सरकारी विधेयकका रुपमा आउनु दुर्भाग्यपूर्ण हो,’ ओलीले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया