Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव आफूहरुको मागअनुसार परिमार्जन गर्नुपर्ने र त्यस्तो प्रस्ताव संसदबाट पारित हुने सुनिश्चिततासमेत चाहिने सर्त राखेपछि सत्ता गठबन्धनका दुई मुख्य दल काँग्रेस र माओवादी केन्द्र अप्ठ्यारोमा परेका छन् । prachanda-sher-bahadur-deuba

संशोधन प्रस्तावको आलोचनात्मक समर्थन गर्दै पास वा फेल जे भए पनि चुनावसम्म जान सकिने मोर्चाको आश्वासनपछि प्रस्ताव बढाएका दुई दलमाथि मोर्चाको पछिल्लो सर्तले समस्या पारेको हो । आफ्ना माग सम्बोधन हुने खालको प्रस्ताव नआएको भन्दै मोर्चाले संशोधनको समर्थन नगर्ने निर्णय बुधबार गरेको थियो । मोर्चाको उक्त निर्णयका कारण तनावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान काँग्रेस, माओवादीसहित मोर्चाका नेताहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा झण्डै तीन घण्टा चलेको बैठकमा सत्तारुढ दल र मोर्चाका नेताहरुबीच कडा सवाल जवाफ भयो । मोर्चा नेताबाट संशोधन र चुनावका पक्षमा सकारात्मक जवाफ नआएपछि संशोधनको औचित्यसहित चुनावी रोडम्यापबारे स्पष्ट पार्न आफैंले बोलाएको पत्रकार सम्मेलन प्रधानमन्त्रीले स्थगन गरे ।

तपाईको प्रतिक्रिया