Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जनताको चाहनाविपरीत सरकारले प्रदेश विभाजन गर्ने गरी संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै अर्घाखाँचीमा क्रियाशील सबै राजनीतिक दलले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनलाई चर्काउने निर्णय गरेका छन् । argha111

काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानको संयोजकत्वमा गठित समितिको सदस्यमा एमालेका अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका संयोजक ठाकुरकुमार विक ‘किशोर’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भविलाल थापा, नयाँ शक्ति नेपालका गोकर्ण थापा, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुशीला गैरे रहेका छन् ।

नेपाली काँग्रेसका सभापति तथा संघर्ष समितिका संयोजक मुस्कानले पार्टी संविधान संसोधनको पक्षमा उभिए पनि आफूहरूको चाहना तराईका जिल्लासँग अलग नरहने रहेको बताए । उनले आन्दोलनलाई सशक्त पार्ने चेतावनी पनि दिए । यस्तै, एमालेका अध्यक्ष आचार्यले उद्योग वाणिज्य संघले बुधबार जिल्लाबन्दको आह्वान गरे पनि अब हुने बन्दको नेतृत्व संयुक्त संघर्ष समितिले नै गर्ने बताए ।

माओवादी केन्द्रका संयोजक विकले पार्टीका प्रभावशाली नेता टोपबहादुर रायमाझी संविधान संशोधनका विपक्षमा रहेकाले आफूहरू पनि रायमाझीको पक्षमा रहेको बताए । पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरी सरकारले संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया