Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनियताको सपथ लगत्तै मन्त्रालय पुगिन् । उत्साह र उमंगका साथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन् । 22

राज्यमन्त्रीका लागि सजाइएको मूख्य टेबुलमा नेमप्लेट हेर्दा उनी तीन छक परिन् । नाम त अर्कैको पो रहेछ । कुर्सीमा आफूसँगै १५ मिनेट अघि प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको सपथ लिएकी सुवर्ण ज्वारचन बसिरहेकी थिइन् । मल्लमात्र होइन, उनीसँगै एउटै गाडीमा आएका मन्त्रालयका निमित्त सचिव शम्भु केसी र अन्य कर्मचारीसमेत यो देखेर छक्क परे । निमित्त सचिव केसीले तत्काल मुख्यसचिव सोमलाल सुवेदीलाई फोन गरेर सोधे ।

‘सर यहाँ त दुईजना राज्यमन्त्री पो हुनुभयो, हाम्रो मन्त्रालयमा राज्यमन्त्री बन्नु भएको माननीय मिठु मल्ल होइन र ?’ मुख्यसचिव सुवेदीले पनि ‘हो, उहाँ नै हो’ भन्ने जवाफ दिए । निमित्त सचिवले अर्की राज्यमन्त्री ज्वारचन आइसकेको जानकारी गराउँदा मुख्यसचिव झस्किए, ‘उहाँ (ज्वारचन) ले त वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।’

उनी झुक्किएर अर्कै मन्त्रालयमा बहाल हुन आएको थाहा पाएपछि सुवेदीले तुरुन्तै वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईलाई जानकारी गराए । सचिव राई लिन नआउन्जेल ज्वारचन सहरी विकास मन्त्रालय मै बसिरहिन् ।

तपाईको प्रतिक्रिया