Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विधेयक दर्ता भएसँगै स्थानीय तहको निर्वाचनको प्रस्ताव अघि सारेका छन् ।

बालुवाटारमा बुधबार बसेको काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीको प्रस्तावमा चार दलकै नेताहरुको विमति रहेन । तर, सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधनको विधेयकलाई लिएर प्रमुख विपक्षी एमालेले बैठकमा आशंका जनाएको थियो । संविधान संशोधनको विधेयक पारित गराउने उद्देश्य राखेर निर्वाचन विषय अघि बढाईएको होकि भन्दै एमालेले आशंका जनाएको थियो । Prachanda

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा जानेमा चारै दल सहमत भएको बताए । प्रधानमन्त्री दाहालले बिहीबार नै मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् । मोर्चाका नेताहरुसँग परामर्शपछि प्रधानमन्त्री दाहाल निर्वाचनको मिति घोषणा गर्ने मनस्थितीमा छन् । त्यसका लागि उनले बुधबार नै प्रमुख निर्वाचन आयुक्त र स्थानीय तहको पुर्नसंरचना गर्न गठित आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्तले निर्वाचनको तयारीका लागि न्यूनतम चार महिनाको समय आवश्यक हुने बताएकाले चैतको अन्तिम या बैशाखको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा प्रधानामन्त्री रहेको माओवादी नेता श्रेष्ठले बताए ।

स्थानीय निकाय पुर्नसंरचना आयोगले एकसाता भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया