Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – बागमती नदीलाई ढलमुक्त गर्ने उद्देश्य साथ आयोजित बागमती सफाइ अभियानको १सय ८५ औँ सप्ताहसम्म आइपुग्दा सुन्दरीजलदेखि गुह्येश्वरी सूर्यघाट हुँदै पशुपति आर्यघाटसम्मको पानी स्नानयोग्य भएको छ ।pashupatinath2

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको यस क्षेत्रमा देखापरेको स्वच्छतासँगै बागमती नदी र मनोहरा खोलाको मीनभवन क्षेत्रको दोभानसम्म स्नानयोग्य हुने गरी यस क्षेत्रलाई ढलमुक्त गर्दैछ । एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर योगेन्द्र चित्रकारका अनुसार चालु अर्थिक वर्षको अन्त्यसम्म बागमती र मनोहरा नदीको दोभानलाई ढलमुक्त गर्ने गरी कार्य थालिएको छ ।

विकास समितिको आफ्नै प्रयोगशालामा गरिएको पानी परीक्षणबाट सुन्दरीजलदेखि आर्यघाटसम्मको नदी खण्ड स्नानयोग्य पाइएको चित्रकार बताउँछन् । बागमती सफाइका क्रममा आठ हजार सातसय टन फोहोर नदीबाट हटाइसकिएको छ । फोहोर हटेपछि गुह्येश्वरी नदी खण्डमा माछाका भूरासमेत देखापरेको छ भने जनैपूर्णिमा, बालाचतुर्दशी लगायत ठूला पर्वमा श्रद्धालुले यहाँ स्नान गर्न थालेका छन् ।

आर्यघाटमा रहेका चिताबाट नदीमा शव जलाइएका फोहोर विसर्जन गर्न रोकिएपछि यो क्षेत्र स्वच्छ अनुभव गरिएको शव जलाउने पेसाका मजदुर नाइके चन्द्र ढकालले जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया