Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले सरकारले तयार पारेको संविधान संशोधन विधेयक पारितका लागि प्रमुख प्रतिपक्षी दल र असन्तुष्ट दलहरूसँग छलफल गर्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले तयार परेको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग पनि छलफल गर्ने निर्णय गरेको हो । पदाधिकारी बैठकमा सरकारले तयार पारेको संशोधन प्रस्तावमा समेत छलफल भएको थियो । सरकारले तयार पारेको प्रस्तावअनुरूप नै संशोधन प्रक्रियामा सहमति खोज्ने पनि काँग्रेसले निर्णय गरेको छ । Nepali-congress-750

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका अनुसार संशोधनका लागि सरकारले तयार पारेको प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा पेस गरेका थिए । उक्त प्रस्ताव अनुसार नै एमाले र मधेसी मोर्चासँग सहमति गरी प्रस्ताव पारितको समर्थन खोज्ने निर्णय भएको उपप्रधानमन्त्री निधिले जानकारी दिए । उपप्रधानमन्त्री निधिले भने, ‘मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन हुनुपर्छ भन्ने बैठकको निष्कर्ष छ ।

मधेसी मोर्चा र एमालेसँग पनि परामर्श गरेर प्रस्ताव पारित गराउनका लागि पहल गर्ने निर्णय भयो ।’ निधिका अनुसार सरकारले संविधान संशोधन मस्यौदा तयार पारिसकेको छ । तयार पारिएको प्रस्ताव अनुसार अहिलेको प्रदेश नम्बर ५ को तराई र पहाडको भूभाग छुट्याउने प्रस्ताव छ ।

५ नं. प्रदेशको नवलपरासीको परासीदेखि बर्दियासम्मको भाग र अन्य पहाडी जिल्ला छुट्याउने गरी प्रस्ताव तयार भएको छ ।

तपाईको प्रतिक्रिया