Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – संविधान संशोधनको प्रक्रिया अघि बढाउने सत्तापक्षको निर्णयबाट रुष्ट प्रमुख प्रतिपक्षी एमाले सडक र सदन दुवै चर्काउने तयारीमा लागेको छ । केही जिल्लामा छिटफुट सुरु भइसकेको विरोधको स्वरुप सत्तापक्षले संशोधन दर्ता गर्ने वित्तिकै अझै चर्किने विश्लेषण एमालेको छ ।

Pdfn]]sf] kqsf/ ;Dd]ng g]skf -Pdfn]_n] z'qmaf/ kf6L{ d'Vofnodf cfof]hgf u/]sf] kqsf/ ;Dd]ng . tl:a/ M eLid/fh cf]emf, /f;;

एमालेले सडक र सदन दुवैमा संघर्षको स्वरुप अझ चर्को पार्न पार्टी पंक्तिलाई तयार रहन अपिल गरेको छ । एमाले अध्यक्ष केपी ओलीले बिहीबार राजधानीमा भातृ संगठनको कार्यक्रमबाट आन्दोलनको आँधीबेहरी ल्याउनलाई तयार भएर बस्न निर्देशन दिइसक्नुभएको छ । सत्तापक्षका नेताहरुलाई पनि यसबारे ओलीले बिहीबार साँझ स्पष्ट जानकारी दिनुभएको छ  ।

ओलीले राष्ट्रिय हित विपरित गतिविधि हुन थालेको दाबी गर्दै राष्ट्रियताको रक्षाका लागि आन्दोलनको आँधीबेहरी ल्याउनु आवश्यक रहेको तर्क गर्नुभएको छ । ‘संविधान संशोधनको औचित्य छैन त्यसैले अहिले संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो’ एमाले उपाध्यक्ष भिम रावलले भन्नुभयो, ‘यदि त्यसभन्दा फरक तरिकाले अघि बढ्ने काम हुन्छ भने एमालेले त्यसलाई प्रतिवाद गर्छ ।’

एमालेले प्रत्येक प्रदेशका कमिटिहरुलाई तयारी अवस्थामा राखेको छ । जिल्लाहरुमा एमाले कार्यकर्ताहरु विरोधमा निस्किइसकेका छन् । संशोधन दर्ता गर्ने बित्तिकै प्रादेशिक कमिटिहरुले नै आन्दोलन अघि बढाउने भएका छन् । बिषेशगरी प्रदेश नम्बर ५ टुक्र्याउने बिषयलाई एमालेले गम्भिर रुपमा लिएको छ । त्यसैले त्यो क्षेत्रमा एमालेले अगुवा कार्यकर्ता भेला गरिसकेको छ । अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरु ती भेलामा पुगेर प्रशिक्षण दिइसकेका छन् ।

तराई र पहाडका जिल्लाहरु अलग अलग गर्ने बिषयलाई लिएर प्रदेश नम्बर ५ मा बढी आक्रोश छ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु तराईसंग अलग गर्न नहुनेमा सत्तारुढ दल काग्रेस, माओवादीकै स्थानीय नेताहरु समेतको समर्थन रहेकाले एमालेलाई संघर्ष अघि बढाउन झन् बल मिलेको छ । सडकसंगसंगै संसदमा पनि एमालेले आन्दोलन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया