Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – सरकार गठन भएको चार महिनापछि काँग्रेसले केही राज्यमन्त्री बनाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भागबन्डा मिलाएर आठजनासम्म राज्यमन्त्री बनाउने तयारी काँग्रेसको छ ।

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले शुक्रबार नै नाम टुंग्याउने तयारीमा नेताहरू रहेको बताए । ‘दसैँअघि नै राज्यमन्त्री टुंगिनुपर्ने हो, तर अझै टुंगिन सकेको छैन,’ उनले भने, ‘शुक्रबारसम्म राज्यमन्त्री बनाउने तयारी हो, नभए आइतबार टुंगिन्छ ।’ Nepali-congress-750

सुरेन्द्र आचार्य, इन्द्र बानियाँ, तारामान गुरुङ, जीवन परियार, दिलीप गच्छदार, सुवर्ण ज्वारचन, सीताराम महतो, मिठु मल्ल, रामचन्द्र खड्का, कञ्चनचन्द्र बादे, सरिता प्रसाईं मध्येका नेताबाटै राज्यमन्त्री बनाउने तयारी भएको काँग्रेस स्रोत बताउँछ । देउवालाई चार, पौडेललाई तीन, सिटौला खड्कालाई एक–एक दिएर मिलाउने प्रयास भएको बुझिएको छ । १० भदौमा कांग्रेसका १३ मन्त्री टुंगो लागेका थिए ।

पौडेल पक्षको छलफल
राज्यमन्त्री सहितका विषयमा छलफल गर्न बिहीबार बिहान नेता रामचन्द्र पौडेल निवास बोहराटारमा उनीपक्षीय नेताको बैठक बसेको थियो । बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. रामशरण महत सहभागी थिए ।

उनीहरूबीच संविधान संशोधनका विषयमा भइरहेको छलफलबारे पनि कुराकानी भएको पौडेल निकट स्रोत बताउँछ । साथै, राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि मिलाउनेबारे पनि छलफल भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया