मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका ११ जनालाई हटाएको छ । lokman-sing

मंगलवार आयोगका आयुक्तहरुले सामूहिक छलफलपछि वरिष्ठ अधिवक्ता कोमल घिमिरे, भानुभक्त पोख्रेल, बालचन्द्र आचार्य, करुणाकर मल्लिक, रामहरी अर्याललाई हटाएको हो । आयोगमा अवकाश पाएपछि विज्ञमै नियुक्ती पाएका भरत शर्मा र माधव खत्रीलाई पनि आयोगले हटाएको छ, भने अनुसन्धान व्यवस्थापन विज्ञको रुपमा कार्यरत गोवर्धन श्रेष्ठलाई पनि आयोगले हटाएको छ ।

त्यस्तै भुमिसुधार विज्ञको रुपमा कार्यरत हुपेन्द्रमणी केसी, मेडिकल विशेषज्ञ एवं कार्कीकी छोरी आध्याश्री र सञ्चार विशेषज्ञको रुपमा कार्यरत शरद अधिकारीलाई पनि हटाइएको आयोग स्रोतले बतायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया