Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

रुपन्देही – बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्सवमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडाैँस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा गरिएको भन्दा दर्शकको सङ्ख्या बढेको छ । जसमा सूचना प्रविधिका स्टलमा ग्राहकले निकै चासो दिएको आयोजकको भनाइ छ ।

मेलामा दर्शकको वृद्धिसँगै सूचना प्रविधिका स्टलमा कारोबार बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका कोषाध्यक्ष कृष्ण अर्यालले सूचना प्रविधिमा धेरैले चासो दिएको बताउनुभयो ।

महोत्वसमा ४२२ स्टलमध्ये सूचना प्रविधिका ५८ वटा स्टल छन् । सोलारदेखि नेट प्रोभाइटरसम्मका स्टल रहेको मेलाका सूचना प्रविधि उपसमितिका संयोजक मनोज गुप्ताले उल्लेख गर्नुभयो । ‘मेलामा मोबाइलको कारोबार राम्रो छ । अन्य सामानको पनि प्रचार तथा विक्री भएको छ ।’ उहाँले “भन्नुभयो–‘यस्तो बेला विक्रीभन्दा पनि प्रवर्धनलाई कम्पनीले लक्ष्य बनाएको देखिन्छ । ”

यही काक्तिक १५ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रमसहित उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराइने सङ्गठनका अध्यक्ष तथा मूलआयोजक समितिका संयोजक खेम श्रीसले बताउनुभयो ।

तपाईको प्रतिक्रिया