बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले कात्तिक १० गते राष्ट्रिय भेला गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

mawobadi-kandra

बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल  भएको र आन्तरिक संगठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्याय गरेको पार्टीका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको चुनाव लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय चुनावमा सफलताका लागि कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया