Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

जापान – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको जापानमा रहेको प्रवासी संगठन नेपाली जनप्रगतिशील समाज जापानद्वारा असोज ३ लाई कालो दिनको रूपमा चित्रित गर्दै विरोध गरेको छ ।

नेपाली जनताले जनयुद्द र जनआन्दोलन मार्फत दिएको भावना अनुसार संविधान नबनेको र पुरानै सत्तालाई मजबुत बनाउने गरी संविधानको निर्माण भएको भन्दै समाजले विरोध गरेको हो । समाजका संयोजक दिनेश शाहीद्वारा जारी विज्ञप्तिमा पहिलो संविधान सभालाई देशी तथा विदेशी प्रतिक्रियावादी तथा विस्तारवादीहरुको षड्यन्त्रमा विघठीत गरिएको आरोप लगाइएको छ । 14383425_1245672535476877_200338360_n

त्यस्तै दोस्रो संविधान सभाको निर्वाचनलाई समाजले राजतन्त्रको अन्त्य सँगै त्यसको स्थानमा दलाल नोकरशाह पुँजीवाद जनयुद्दमा पराजित संसदीय दलहरूलाई अघि सारेर भारतीय विस्तारवादले संविधान सभा २ को नाटक गरेको आरोप पनि लगाएको छ ।

असोज ३ को विरोध गर्नुको कारण बारे समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असोज ३ गते जसले नेपालमा फेरी पुरानो सत्ता र प्राणालीको अभ्यास गराउने वातावरण सिर्जना गरिदियो त्यस दिनलाई हाम्रो पार्टी तथा संगठनले इतिहासको कालो दिनको रूपमा चित्रित समेत गरेको छ ।’

तपाईको प्रतिक्रिया