Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मा नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । _dsc0129

आफू नेपाल प्रहरीको एआईजी भए पनि पूर्व खेलाडी भएकोले संघ र संघका पदाधिकारीमा विद्यमान विकृति विसंगतिका बारेमा प्रत्यक्ष तथा परोक्ष रूपमा सूक्ष्म अध्ययन गरेको हुनाले विशुद्ध नेपाल फुटबल संघ बनाउने प्रतिज्ञाको साथ आफूले उम्मेदवारी दिएको बताउनुभयो । लामो समयदेखि एन्फा विवादित र बदनाम हुँदै आएको हुनाले त्यसको शुद्धिकरणको लागि पनि आफूले सो जिम्मेवारी बहन गर्न चाहेको उहाँको भनाइ छ ।

‘नेपाल प्रहरीको सेवामा आवद्ध रहेपनि खेलकुदको सुरक्षा व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको हुनाले एन्फाका बारेमा अति नै सूक्ष्म कोणबाट अध्ययन गरी उम्मेदवारी दिने निर्णय गरेको हुँ’ उहाँले भन्नुभयो ।

आफू अध्यक्ष पदमा चयन भएको खण्डमा फुटबल खेललाई राजधानी केन्द्रित मात्र नगराई विभिन्न जिल्लाका फुटबल मैदानहरुलाई तारबार गरी संवर्धन गर्ने योजना रहेको पनि खुलासा गर्नुभयो ।

तपाईको प्रतिक्रिया