Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पोखरा – असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताउनुभयो । उहाँका अनुसार सङ्गम, एलजी, हङकङको मुख्य प्रायोजनामा छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरबाट करिब ४० टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख २१ हजार १११ र दोस्रो हुने टिमलाई भने रु ६१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु पाँच हजार प्राप्त गर्ने भएको छ ।

त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र हाइस्कोररलाई जनही रु दुई÷दुई हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया