Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा आएर रद्ध भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल आज राति अमेरिकाको न्यु योर्क जाने कार्यक्रम थियो । Prachanda

आइतबार राति अबेर प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका भ्रमण स्थागित गरेको बताउनुभएको वालुवाटार स्रोतले जनायो । मुलुकको पछिल्लो परिस्थितिको कारण दाहालले अमेरिका भ्रमण रोक्नुभएको हो । आइतबार मात्र भारतको चार दिने भ्रमण सकेर स्वेदश फर्कनुभएका दाहालले संविधानप्रति असन्तुष्ट रहेका दललाई वार्ताको माध्यमद्वारा संविधान संशोधन प्रक्रिया अघि बढाउन आफ्नो भ्रमण रोक्नुभएको हो ।

दसैँ अगाडि नै संविधान संशोधनका विषयमा मधेसी मोर्चालाई बचन दिनुभएका दाहालले राजनीतिक समस्याको समाधानका लागि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रोक्नुभएको हो । यसबारेमा प्रधानमन्त्रीले सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसक्नुभएको छ ।

देशको समस्या समाधान गर्नुनै प्रधानमन्त्रीको मुख्य प्राथमिकता रहेको भन्दै प्रधानमन्त्रीले भ्रमण रद्ध गरेपछि अब परराष्ट्रमन्त्री प्रकाशशरण महत महासभामा सहभागिता जनाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया