Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – रोजगारीका लागि विभिन्न देशमा जाने कामदारले आफू जाने देशको सिमकार्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विभिन्न देशका सिमकार्ड वितरणका लागि सातवटा कम्पनीले अनुमति लिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिदेशी सिमकार्ड बिक्रिको अनुमति पाएकामध्ये हाइल्याण्ड इन्टरनेसनलले कतार जाने कामदारलाई भोडाफोन कम्पनीको सिमकार्ड उपलब्ध गराउन थालेको छ । अन्य देशका लागि पनि सिमकार्ड वितरणको तयारी भैरहेको प्राधिकरणले जनाएको छ । हाइल्याण्डले विमानस्थलबाटै सिमकार्ड विक्रि थालेको हो ।

कतार जाने कामदारले श्रम स्वीकृति, सक्कल राहदानी र भिसा देखाएर सिमकार्ड लिन सक्नेछन् । सिमकार्ड बिक्रिका लागि अनुमति लिएका अन्य कम्पनीले पनि चाँडै सिमकार्ड बिक्रि गर्न थाल्ने जनाएका छन् ।

विदेशी सिमकार्ड वितरणका लागि हाइल्याण्ड इन्टरनेसनल, सिद्धी विनायक इन्टरप्राइजेज, सिजी नेटक्लाउड, सिएम ट्रेडिङ इन्टरप्राइजेज, ओरेन्ज इन्टरनेसनल, टेली कनेक्ट,  र हाइलाइट्स नेपाल प्रालि छन् । प्राधिकरणले उनीहरुलाई ९ बुँदे शर्तसहित सुरक्षामा कुनै असर नपर्ने गरि अनुमति दिएको छ ।

सिमकार्ड प्रयोगकर्ताको विवरण प्रहरीलाई दिनुपर्ने छ । नेपालमा लिएको सिमकार्ड सम्बन्धित देशमा पुग्ना साथ एक्टिभ हुनेछ । नेपालबाट दैनिक झण्डै १५ सय युवा रोजगारीका लागि विभिन्न देश जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया