Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । 1474012416274_hl_new-delhi_150926_pm-and-minister-haidaraba-hause-dipachiya-bartama

दिल्लीस्थित होटेल ताजमा आज नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन । तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस् ।’

उहाँले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको पनि बताउनुभयो । त्यसै गरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै उहाँले बजारमा लगानी पनि आवश्यक छ भन्नुभयो ।

उहाँले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानी कर्ताले नेपालमा लगानी गर्नुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया