Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – चारदिने औपचारिक भ्रमणमा भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार मध्यान्ह भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।

दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दाहाललाई स्वागत गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच झन्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले यो भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको बुझिएको छ । csyhehyvmaaf6_b

स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने बताउनुभएको थियो ।

चार दिनको भारत बसाइमा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया