Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रस्थान गर्नुअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीले सलामी दिएर बिदाइ गरेको थियो । दाहाललाई बिदाइ गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरू विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल केहीबेरपछि नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ । भ्रमणमा सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय टोली रहेका छन् । pm-dahal-india-visit-01

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारतको राजकीय भ्रमणमा जानुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार आज प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । त्यस्तै भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।

भारत भ्रमण बेला प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । दाहाल असोज २ गते नेपाल फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया