Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।14371910_1792999700987222_47850018_n

सेप्टेम्बर १७ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुषको ७०–७५ केजीमा चित्रप्रसाद श्रेष्ठ, ८०–८४ केजीमा सिमोन खत्री तथा ५५–६० केजीमा जोगमेर लामाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५०–५५ केजीमा रोएकता सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, अफिसियलमा तेजेन्द्र गुरुङ तथा रेफ्रीमा शुक्रबहादुर राई रहनुभएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबिच हिजो नै बिदाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया