Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गर्नुभएको छ ।ganga-maya-adhikari

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीसँग शनिवार शीतलनिवासमा भेट गर्दा उहाँले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरूले गंगामायालाई बचाउन आफ्नो सबै ‘नैतिक र संवैधानिक हैसियत’ प्रयोग गर्न लगातार दबाब दिइरहको पृष्ठभूमिमा उहाँले यो विषय प्रधानमन्त्री प्रचण्डसँग उठाउनुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्रीले यसबारे ‘के गर्न सक्छु, हेर्छु’ भन्ने आश्वासन राष्ट्रपतिसँग दिइएको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया