पेरिस – गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ग्रीष्मकालीन भ्रमण सम्पन्न भएको छ । यस पटकको सामुन्द्रिक भ्रमण पेरिसबाट झन्डै २३० कि मी पश्चिम तर्फ पर्ने ( plage dé deauvillie ) नामक समुन्द्रिक प्लाजको भ्रमण गत २८ अगस्त २०१६ आइतबारका दिन उत्साह पूर्वकका सम्पन्न भएको हो ।
नेपाल भू–परिवेष्टिक देश भएकोले नेपाली समुदायलाई समुन्द्रको बारे केही ज्ञान अभिवृद्धि गराउने उद्देश्यले संघको स्थापना देखिनै वार्षिक ग्रिष्मकालीन भ्रमण कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको यो नवौँ पटक हो । भ्रमणको लागी आयोजक एन आर एन ए फ्रान्सले दुईवटा आरामदायि ठुला बसको व्यवस्था गरेको थियो । हातमा नेपाली झण्डा, संघको व्यानर र मादल बोकेको दृश्य र वातावरण निकै मनमोहक थियो ।
सहभागीहरू बिच परिचय गर्ने, नेपाल र फ्रान्सको समसामयिक विषयहरूमा विचार आदान प्रदान गर्ने र लोक दोहोरी, टुक्का गीत, कविता वाचन जस्ता मनोरन्जानात्मक कार्यक्रमहरू पनि यात्राकै दौरानमा बस भित्रै सम्पन्न गरिएको थियो । संघका अध्यक्ष भक्त वाग्लेको सभापतित्व र महासचिव नरेन्द्र शाही को उद्दघोषण मा धन्यवादको सानो मन्तव्य कार्यक्रम समेत गरियो । कार्यक्रमका संयोजक प्रविन सापकोटाले सबैलाई धन्यवाद दिनुभएको थियो भने अध्यक्ष भक्त वाग्लेले सम्पूर्ण सहभागीहरू र कार्यक्रम सफल पार्न विभिन्न सहयोग गर्ने सहयोगी हातहरूको नामहरू उद्दिध गर्दै घन्यवाद पनि दिनुभएको थियो ।
भ्रमण कार्यक्रममासंघका प्रमुख संरक्षक हरिहर अर्याल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार घनश्याम पौडेल, एनसिसिका वरिष्ट उपाध्यक्ष सुर्वण हमाल, उपाध्यक्ष एक ब मल्ल, महासचिव नरेन्द्र शाही, कोषाध्यक्ष मीन श्रेष्ठ, महिला प्रतिनिधि सदस्य गीता थापा, सदस्य अनिता शाक्य, सदस्य चेतभक्त ढुंगाना, तमु समाज फ्रान्सका भु पू अध्यक्ष नारायण गुरुङ, तमु समाज फ्रान्सका अध्यक्ष अनिता गुरुङ, नेपाल दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका माहासचिव शिव सुवेदी लगाएतको उपस्थिति थियो ।