काठमाडौं – बाह्रौं एसकेआइएफ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । अगष्ट २६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा रुसाली श्रेष्ठले एकल कातामा प्रस्तुत गर्ने छिन् ।
भेट्रान्स एकल कातामा निवासगोपाल वैद्य र ओमनारायण श्रेष्ठ तथा एकल काता÷कुमुतेमा दिनेश श्रेष्ठ र शत्रुघन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताअघि अगष्ट २४ र २५ मा इन्डोनेसियामै हुने सेमिनारमा निवास, ओम, दिनेश, शत्रुघन तथा डा. कस्मिरा काकाडीले भाग लिने छन् ।
टोलीको अफिसियलमा दीपक श्रेष्ठ, मुकुन्द श्रेष्ठ र सिर्जना श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा सोमबार बिदाइ गरे ।