Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

Nisha

काठमाडौं – रियो ओलम्पिकअन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् ।
६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ । निशाले चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ । जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् ।
वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले यस खेलमा जेङलाई हराउन सके क्वाटरफाइनलमा पुग्ने छिन् ।
निशाले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छन् । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

तपाईको प्रतिक्रिया