Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले अग्रता कायमै राखेको छ । १३ औँ दिनको खेल चलिरहँदा अमेरिकाले २९ स्वर्ण पदक जितिसकेको छ । Rio Olympics Swimming

१९–१९ वटा स्वर्ण पदक जितेका बेलायत र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यस्तै हालसम्म १२ स्वर्ण जितेको रुस पदक तालिकाको चौथो स्थानमा उक्लिँदा ११ स्वर्ण जितेको जर्मनी पाँचौ स्थानमा रहेको छ ।

यसैगरी यसैगरी १० वटा स्वर्ण पदक जितेको जापान छैठौं स्थानमा छ भने फ्रान्स, ईटाली र नेदरल्याण्ड्सले ८–८ वटा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाले ७ वटा स्वर्ण पदक जितेको छ भने दक्षिण कोरिया र हंगेरीले ६–६ वटा स्वर्ण जितेका छन् । रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्र तथा एक स्वतन्त्र खेलाडीले स्वर्ण पदक जित्दा ७९ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

दक्षिण एसियाबाट भने भारतले एउटा कास्य पदक हात पारेको छ ।

तपाईको प्रतिक्रिया