Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसामु २१८ रनको चुनौती दिएको छ । कप्तान पारस खड्काको ८४ रनको मद्दतले २१८ रनको लक्ष्य प्रस्तुत गरेको हो । timthumb

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय १७ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रन बनाए। १४.४ ओभरमा ६ रन बनाएर सरद भेसवाकर आउट भएपछि नेपालको खातामा ४१ रन थियो ।

क्रिजमा आएका कप्तान खड्काले ९४ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतले ८४ रन बनाए र टिमको स्कोर १८३ रनमा पुर्‍याएका थिए । क्याच आउट हुनुअघि उनले सागर पुनसँग ११८ रनको साझेदारी गरेका थिए।

नेपालका लागि सागर पुनले ४५, ज्ञानेन्द्र मल्लले ३९ रन बनाए ।

तपाईको प्रतिक्रिया