Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बनेपा – तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ ।

माटोमा फलाएको जस्तो ठूलो आकारको नहुने काँक्रोको उत्पादन गमलामा जैविक मल र नरिवलको जटाबाट निर्माण गरिएको ‘कोकोपिट’ को मिश्रणबाट भएको फार्मका सञ्चालक सिंहबहादुर कर्माचार्यले बताउनु भयो । यसको तौल बढीमा आधा किलो हुन्छ । उहाँले कृषिमा अत्याधुनिक प्रविधिमार्फत इजरायलबाट ल्याएको प्रविधि परीक्षणको रुपमा उत्पादन भएको उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय कृषि अनुसन्धान विकास कोष (नाडेफ) ले रु ३० लाख अनुदान सहयोग गरेको जानकारी दिनु भयो । फार्मको ६५० गमलामा “इङलिस कुकम्बर” जातको काँक्रा रोपिएको छ ।

df6f] lagf sfFqmf pTkfbg  sfe|]knf~rf]s lhNnfsf] pu|r08Lgfnf uflj;– ! df g]kfn OlG6«u|]6]8 df]8]n Pu|f] kmfd{ k|fnLn] pTkfbg u/]sf] sfFqmf] . df6f]df kmnfPsf] h:tf] 7"nf] cfsf/sf] gx'g] sfFqmf]sf] pTkfbg udnfdf h}ljs dn / gl/jnsf] h6faf6 lgdf{0f ul/Psf] …sf]sf]lk6Ú sf] ld>0faf6 ePsf] kmfd{sf ;~rfns l;+xaxfb'/ sdf{rfo{n] hfgsf/L lbg'eof] . tl:a/ M o'j/fh kf08], /f;;

प्लास्टिक गमलामा २५ प्रतिशत जैविक मल र ७५ प्रतिशत नरिवलको जटाबाट निर्माण गरिएको (कोकोपिट) को मिश्रणमा काँक्रो रोपेका थियौं उहाँले भन्नुभयो । फार्म सञ्चालक सिंहले यो प्रविधि नेपालमा सफल भएको बताउँदै हावा चल्ने जुनसुकै ठाँउमा हुनसक्ने जानकारी दिनुभयो । करिब दुई रोपनी क्षेत्रफलमा टनेलभित्र भएको काँक्राको उत्पादन झन्डै ६ महिनाको अवधिमा दोस्रो पटक हो । रोपेको ३५ दिनमा खानयोग्य हुने काँक्रोमा कुनै विषादी प्रयोग भएको छैन सञ्चालक सिंहले भन्नुभयो ।

उहाँले यसलाई बजारको माग अनुसार अझै विस्तार गर्ने लक्ष्य भएको जानकारी दिँदै अर्गा्निक उत्पादनका बारेमा उपभोक्ता नै सचेत नभएकाले बजारमा समस्या आएको गुनासो गर्नुभयो । यो काँक्रो अहिले प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ । काठमाडौँको माछापोखरीमा “सलोम” एग्रिकल्चर प्रालि सञ्चालन गर्नुभएका श्रीकृष्ण अधिकारीले नेपालमा पहिलो पटक माटो बिना काँक्रा उत्पादन गर्ने इजरायली प्रविधि भित्र्याएको जानकारी दिँदै काठमाडौँमा अधिकांशले कौसीमा यस्तो खेती गरेको बताउनुभयो ।

नौ वर्षसम्म इजरायलको गमला फार्मिङमा काम गरेर अनुभव सङ्गाल्नुभएका अधिकारीले विश्वका धेरै देशमा माटो बिना नै खेती भएको औल्याउँदै सुरुमा लगानी बढी हुनसक्छ तर यसले दिगो लाभ दिन्छ भन्नुभयो । माटो एउटा माध्यम हो, खाद्य तत्व बिरुवालाई पुगेपछि पानीमा पनि कृषि उत्पादन हुनसक्छ उहाँले तर्क गर्नुभयो ।

अधिकारीले यस्तो प्रविधिको खेती नेपालमा तीन वर्षअघि सुरु भएको उल्लेख गर्दै काठमाडौँ बाहेक पोखरा, पाँचथर र लमजुङमा समेत यस्तो प्रविधिको खेती भइरहेको जानकारी दिनुभयो । माटो खुकुलो हुन्छ, झारपात उम्रने समस्या हुदँैन एक पटक प्रयोग गरेको कोकोपिट चार वर्षसम्म पुनप्रयोग गर्न सकिन्छ उहाँको भनाइ छ । एउटा बिरुवाका लागि कम्तीमा १०० रुपैयाँ लगानी हुन्छ ।

तपाईको प्रतिक्रिया